दफा १३
अनुगमन तथा मूल्याङ्कन

१३. अनुगमन तथा मूल्याङ्कन

यस नीतिको कार्यान्वयन सम्बन्धी अनुगमन तथा मूल्याङ्कनको प्राथमिक जिम्मेवारी वातावरण मन्त्रालयको हुनेछ । अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी वनाउनको लागि मन्त्रालयले अनुगमन तथा मूल्याङ्कन सूचकहरू निर्धारण गरी कार्यान्वयन गर्नेछ ।सम्बन्धित मन्त्रालयरविभाग र निकायहरूले आपूm तथा आपूm अन्तरगतका निकायहरूले गरेको कामको प्रगति विवरण अध्यावधिक
गर्दै समस्या समाधानमा सहयोग पु¥याउनु सम्बन्धित निकायहरूको कर्तव्य हुनेछ । स्थानीय तहका कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन तोकिएको ढाँचामा स्थानीय निकायले गर्नेछन् र सो को जानकारी वातावरण मन्त्रालयमा पठाउने छन् । जलवायु परिवर्तन सम्बन्धी आयोजना वा कार्यक्रमको बजेट रकम, वार्षिक कार्यक्रम र प्रगति विवरण जलवायु परिवर्तन परिषद् लगायत अन्य सम्बन्धित निकायहरूमा पेश गर्नुको साथै सार्वजनिक गरिने छ ।